> समाज > भुउपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधि नहुँदा कित्ताकाट बन्द


भुउपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधि नहुँदा कित्ताकाट बन्द

प्यूठान । स्थानीय पालिकाहरुले भुउपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधि नगर्दा नापी कार्यालय जस्पुरले जग्गाको कित्ताकाट बन्द गरेको छ ।

 

असार मसान्तसम्म विवरण अद्यावधिको जानकारी कार्यालयलाई दिनुपर्नेमा सो सम्बन्धमा जानकारी नआएकोले साउन १ गतेदेखि लागुहुने गरि कित्ताकाट कार्य बन्द गरिएको कार्यालयका निमित्त प्रमुख रुपलाल बस्नेतले जानकारी दिनुभयो ।

 

कार्यालय अन्तर्गत सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका कार्यक्षेत्र पर्दछ ।