> समाज > एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उपाध्यक्ष प्रमोद पोखरेलद्वारा सम्मान


एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उपाध्यक्ष प्रमोद पोखरेलद्वारा सम्मान

प्यूठान । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नगद सहित सम्मान गर्नुभएको छ । सत्य माध्यमिक विद्यालय झिमरुक गाउँपालिका–७ का सुजल जिसी (३.७५ जिपिए), सुमन महतरा (३.७५ जिपिए) र प्रभात माध्यमिक विद्यालय झिमरुक गाउँपालिका–३ का अन्जु एमसी (३.५३ जिपिए)लाई बुधवार सम्मान गर्नुभएको हो ।

 

उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई ४/४ हजार रुपैंया नगद सहित सम्मान पत्र र खादाले सम्मान गर्दै उहाँले उज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो । कुनै पनि कारणले शिक्षाबाट कोहि बन्चित हुन नपरोस् भन्दै आफुले विभिन्न सहयोग गर्दै आएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।

 

सम्मानले आगामी दिनमा थप मिहनेत गर्न प्रोत्साहन मिलेको सम्मानित हुने विद्यार्थी अन्जु एमसीले बताउनुभयो । सम्मान प्रति आभार प्रकट गर्दै सत्य मा.वि. तुषाराका शिक्षक हेमन्त पोखरेलले सबैको साझा जिम्मेवारीबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।