प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले स्थानीय महिलाहरुलाई सीप सिकेर आय आर्जनमा जोडिए उद्यमशिलता तालिमको औचित्य पूरा हुने बताउनुभएको छ । गरिबी निवारणका लागि लघुउद्यम बिकास (मेड्पा) कार्यक्रम अन्तर्गत आयोजित उद्यमशिता विकास तालिमको समापन गर्दै उहाँले आयमुखी उद्यमी बन्न आग्रह गर्नुभयो ।
‘सीप सिक्नु मात्र ठूलो कुरा होइन ।’ ,उहाँले भन्नुभयो, ‘व्यवहारमा लागु गरी आयआर्जनमा जोडिनुहोला ।’ मर्कावाङमा आयोजना गरिएको तालिम ८ सम्म चेलको थियो ।
समापन कार्यक्रममा बोल्दै वडामा कार्यरत प्राविधिक बासुदेब गिरीले अहिलेको युग सीप र प्रबिधियुक्त भएकाले सीपको माध्यमबाट आफुलाई उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो । सीप र जाँगर भए कोहि पनि व्यक्ति वेरोजगार र अरुको भरपर्नु नपर्ने उहाँको भनाई थियो ।
उद्यम बिकास सहजकर्ता सीता बि.क.ले आर्थिक बर्ष ०७९÷८० को लागि यस वडामा ४० जना नयाँ उद्यमी उत्पादन गर्ने लक्ष रहेकाले बताउनुभयो । सहभागी आफैले रोजेको ब्यवसाय सम्बन्धि सीप बिकास तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा सहभागीलाई व्यवसाय के हो ? यसको महत्व किन छ ? लघु उद्यम भनेको के हो ? सफल उद्यमी हुन के गर्नुपर्ने हुन्छ ? स्थानीय स्रोत साधनको प्रयोग गरी कसरी उद्यमी बन्ने र कार्ययोजना, बजारीकरणको ब्यवस्थापन, आम्दानी आय आर्जन र स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने बारे सहजीकरण सहजकर्ता सीता र सरिता भट्टराईले गर्नुभएको थियो ।
तालिममा मौरीपालन गर्ने १० जना, बास प्रशोधन गर्ने ३ जना, मुढा बनाउने ३ जना, कुखुरापालन गर्ने ४ जना गरि पहिलो चरणमा २० जना उद्यमी सहभागि थिए । बुधवारदेखि नै शुरु गरिएको दोश्रो चरणको तालिममा पनि २० जना सहभागी छन् ।
