प्यूठान । प्रत्येक नागरिकले सूचना माग्ने अधिकार राख्ने राष्ट्रिय सूचना आयोगका आयुक्त गगन बिष्टले बताउनुभएकोछ । सार्बजनिक निकायका हरेक गतिविधि नागरिकले थाहा पाउनुपर्ने संबैधानिक मौलिक हक रहेको उहाँले उल्लेख गर्नुभयो ।
शुक्रवार खलंगामा सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नागरिकले मागेको सूचना दिनुपर्ने कानुनी ब्यबस्था भएकाले सार्बजनिक निकायले अनिवार्य सूचना दिनुपर्ने उहाँको भनाई थियो ।
सूचनाको हक बैकल्पिक र स्वैच्छिक नभएर यो अनिवार्य नागरिक हक रहेको उहाँले उल्लेख गर्नुभयो । १४२ देशले सूचना हक सम्बन्धि कानुन निर्माण गरेका छ्न ।
राष्ट्रिय सूचना आगोगको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।













