लमही । सूचनाको हकको लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समिति गठन भएकोछ । शनिवार अन्तरास्ट्रिय सूचनामा बिश्वब्यापी पहुँच दिवसको अवसरमा भएको महासंघको प्रथम अधिबेशनले प्रदेश समिति बिस्तार गरेको हो ।
हेमन्त कर्माचार्यको अध्यक्षतामा गठित कार्यसमितिमा उपाध्यक्ष रिया बस्नेत र दिपक पोख्रल, महासचिव सन्तोष कुमार गुप्ता, सचिब रुद्र सुवेदी र महादेव खरेल र कोषाध्यक्षमा पप्पु रेग्मी सहित १७ सदस्यीय सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता बिशजित तिवारीले जानकारी दिनुभयो ।
निर्वाचित सदस्यहरुमा राकेशकुमार मिश्र, बिजयसिंह भारती, शरर्ण कर्माचार्य, पबित्रा सुवेदी, अर्जुन बेल्बासे, शिबबहादुर एमसी (बिदुर), साेना कुमाल, भरत विश्वकर्मा, सिर्जनाकुमारी थारू, गाेबिन्दप्रसाद खनाल रहनुभएको छ ।
महासंघले यसअघि कोशी, सुदुरपस्चिम र कर्णाली प्रदेश अधिबेशन सम्पन्न गरेकोछ । ४५ जिल्लामा गठन भएको महासंघले जिल्ला, पालिका हुँदै वडासम्म बिस्तार गरि सूचना माग्ने अभियान संचालन गर्ने केन्द्रिय अध्यक्ष उमिद वागचन्दले उल्लेख गर्नुभयो ।
सूचनाको हक नागरिकको संबैधानिक, नैसर्गिक र प्राकृतिक अधिकार भएको उहाले बताउनुभयो ।
प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष उमिद वागचन्द र विशेष अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी रहनुभएको थियो ।
