प्यूठान, ९ बैशाख । प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा गरिएको कोभिड–१९ –यापिड एन्टिजिन परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
१४ जनामा गरिएको परीक्षणबाट १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य केन्द्र भिंगृले जनाएको छ । योसँगै स्वर्गद्धारी नगर क्षेत्रमा सक्रिय संक्रमितको संख्या ४९ पुगेको छ ।
स्वर्गद्धारी नगरपालिकाले विद्यालयहरु अनिश्चितकालिन, व्यापार व्यवसाय एवं वित्तिय संस्थाहरु एक साताका लागि र अत्यावश्यक सेवा बाहेक स्वास्थ्य संस्थाहरु दुई दिन (बैशाख ९ र १० गते) बन्द गरेको छ ।
