> सम-सामायिक > लायन्स क्लवद्वारा सहयोग


लायन्स क्लवद्वारा सहयोग

घोराही, २२ बैशाख ।
लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ घोराहीले कोरोनाका कारण प्रभावित भएकाहरुलाई सहयोग गरेको छ । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आज घोराही उपमहानगरपालिका वडा नं. १६ लाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नंं १६ का अध्यक्ष ताराबहादुर डिसीलाई क्लवका अध्यक्ष भिमशेन गिरीले तीन सय ७५ किलो चामल, ५० किलो नुन र २० पोका तेल हन्तान्तण गर्नुभएको थियो । वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ति सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष गिरीले लायन्सले विपन्न परिवारलाई सहयोग होस भनेर लायन्सले खाद्यान्न सामग्री उपलव्ध गराएको जानकारी दिनुभयो ।

वडाध्यक्ष डिसीले वडामा रहेका र श्रम गरेर जिवन यापन गरिरहेकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिने बताउनुभयो । वडामा रहेका कोही पनि खाद्यान्न संकटमा नपरुन भन्ने तर्फ वडा कार्यालयले ध्यान दिएको पनि उहाँले बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रमको संचालन लायन्स क्लव राप्ती इञ्जिनिरिङका सचिव शरद अधिकारीले गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा क्लवका उपाध्यक्षद्वय रेशम गिरी र कर्णबहादुर पुनको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!