प्यूठान । फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठानले स्वर्गीय बद्री लम्सालको परिवारलाई सोमबार राहत कोष बापतको रकम नगद २५ हजार रुपैयाँ राहत र समवेदना हस्तान्तरण गरेको छ ।
प्यूठान नगरपालिका १ नेवजा निवासी लम्साल संस्थाको शेयर सदस्य हुनुहुन्थ्यो । लम्सालको चेत्र १ गते निधन भएको थियो ।
संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सदस्य मृत्यु राहत कोषबाट राहत प्रदान गरिएको संस्था अध्यक्ष भोज बहादुर बस्नेतले बताउनु भएको छ ।
राहत कोष हस्तान्तरणको शोक मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले फूलवारी साकोसले उर्जाशिल युवा गुमाएकोमा दुःख व्यक्त गर्दै परिवारलाई सक्दो सहयोगमा पहल गर्ने बताउनु भएको छ ।
वि.स. २०५५ सालमा खैरामा स्थापना भएको राष्ट्रियस्तरको प्रोपेशन ब्राण्ड प्राप्त फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा हाल करिव ४ हजार बढी सदस्य रहेका छन् । संस्थाले सदस्यहरुको सेवालाई ध्यानमा राखी सदस्य मृत्यू राहत कोष , राहत कोष घाटखर्च सहयोग, सुत्केरी भेटघाट, औषधि उपचार ऋण, अस्पतालमा छुट लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको व्यवस्थापक प्रकास वैद्यले बताउनु भएको छ ।