प्युठान । पढ्ने लेख्ने उमेरका १७ वर्षीय विमल सुनार पारिवारीक समस्याका कारण रोजगारीका लागि भारत पुग्नुभयो । बुवा बाबुराम सुनार एक वर्षदेखी बेपत्ता भएपछि आमा र हजुरआमाको एक्लो साहारा बन्नुभएका विमल आयआर्जनका लागि भारतको हरियाणा पुग्नुभएको हो ।
तर, यहि असार ६ गते मोटरसाईकल दुर्घटनामा घाईते भएर चुडामणी मल्टिस्पेशलिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । दुर्घटनामा सुनारको दाहिने खुट्टा भाँचिएको छ । शल्यक्रियाका लागि अस्पतालले नेपाली ५ लाख ६० हजार रुपियाँ लाग्ने बताएपछि थप समस्या निम्तिएको छ ।
दुर्घटनामा परेका सुनारलाई काम गर्ने साथी र मामा राजकुमार वि.क.ले अस्पताल पु¥याएका थिए ।
बालकका हजुरआमा सुमित्रा सुनारले आफ्नो छोरा १ वर्षदेखि सम्पर्कविहिन भएको र आफू नातिको साहारामा बाँचेको बताउनुभयो । कुनै निकायबाट सहयोग भए नातीको उपचार हुने भन्दै सहयोगका लागि आग्रह गर्नुभएको छ । उपचारका लागि लाग्ने खर्च आफूहरुसँग नभएकाले सवैलाई सहयोग गर्न घाइते बालकका आमा जमुना सुनारको अनुरोध छ ।
झिमरुक गाउँपालिका १ साैतामारेका बालकलाइ सहयाेग गर्न बालकका मामा राजकुमार बि.क. 1424919896591882 र पत्रकार दीपेन्द्र सुनारलाई 9765502897 सम्पर्क गर्न परिवारकाे आग्रह छ ।
