> Uncategorized > बिहे खर्च जोगाएर अखिल उपाध्यक्ष गिरीद्वारा अमृत जीवन मा.बि. नारिकोटमा अक्षयकोष स्थापना


बिहे खर्च जोगाएर अखिल उपाध्यक्ष गिरीद्वारा अमृत जीवन मा.बि. नारिकोटमा अक्षयकोष स्थापना

प्यूठान । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले आफ्नो बिवाह खर्च जोगाएर अमृत जीवन मा.बि. नारिकोटमा अक्षयकोष स्थापाना गर्नुभएको छ । प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

 

आफुले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा हजुरबुबा टेक बहादुर गिरी र हजुरआमा छमा कुमारी गिरीको नाममा अक्षयकोष स्थापना गरेको उपाध्यक्ष गिरीले बताउनुभयो ।

 

उपाध्यक्ष गिरी र अनेरास्ववियुकै केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच फागुन ८ गते एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रगतिशील विवाह भएको थियो ।

 

बिवाहकै अवसरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले अक्षयकोष वापतको रकम चेक मार्फत विद्यालय ब्यबस्थापन समिति सदस्य तितुला पुरिलाई हस्तान्तरण गर्नुभयो ।

 

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा भएको प्रगतिशील विवाहमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलि सहित पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरूङ र विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पार्टी स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू, एमाले जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरूले शुभकामना तथा आशिर्वाद दिनुभएको थियो ।

 

साथै अन्य पार्टीका नेताहरु, अन्य संगठनका नेताहरू, मन्त्री तथा सांसदहरू, विभिन्न विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरु, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख तथा प्राध्यापकहरु, कलाकार, पत्रकार, सुरक्षा निकाय, उद्योगी, व्यापारी लगायतले कार्यक्रममा उपस्थित भइ शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *