प्यूठान, ६ बैशाख । कोरोना संक्रमित दुई प्यूठानीको भैरहवमा उपचारको क्रममा मृत्यु भएको छ ।
झिमरुक गाउँपालिका–४ का ५९ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । । दाङमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको थियो ।
स्वर्गद्धारी नगरपालिका–४ का ४८ वर्षिय पुरुषको पनि मेडिकल कलेज भैरहवामै मृत्यु भएको वडा अध्यक्ष सुरेन्द्र हमाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ, जिल्ला अस्पताल विजुवार, बुटवल हुँदै उनलाई उपचारको लागि भैरहवा पु¥याईएको थियो ।
उनी बैशाख ३ गते भारतबाट आएका हुन् । भारतबाट आउदा नै उनी विरामी परेका थिए ।




