> पर्यटन > प्यूठानको नयाँ पर्यटकीय गन्तव्य ‘झुलेनी’: आन्तरीक पर्यटक बढ्दै


प्यूठानको नयाँ पर्यटकीय गन्तव्य ‘झुलेनी’: आन्तरीक पर्यटक बढ्दै

प्यूठान, २८ कात्तिक । आन्तरीक पर्यटन प्रर्वद्धनमा जिल्लाको ‘झुलेनी’ नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झुलेनीमा विभिन्न भौतिक संरचना निर्माणपछि आन्तरीक पर्यटक पुग्न थालेका छन् ।

झुलेनी संरक्षण तथा पर्यटन पूर्वाधार विकास समितिले ‘झुलेनी’लाई आर्कषक गन्तव्यको रुपमा विकास गर्दै गएको छ । विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै ‘झुलेनी’मा विभिन्न संरचना निर्माण गरिएको समितिका सचिव धनेश्वर भण्डारीले बताउनुभयो ।
प्यूठान नगरपालिकाको वडा नं. ६ र नौवहिनी गाउँपालिका वडा नं. ८ को सिमानामा पर्ने धनन्जय गोत्रीय भण्डारीहरुको उद्गम स्थल झुलेनी पुग्नका लागि विजुवार, टिकुरी, खप्रेङखोलाबाट विभिन्न सडक सञ्जाल जोडिएको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल भित्रिकोट नजिकै पर्ने भएकाले समेत ‘झुुलेनी’ पुग्ने आन्तरीक पर्यटक बढ्दै गएका छन् ।

समुन्द्री सतह देखि एक हजार नौ सय ९१ मिटर उचाईमा रहेको झुलेनी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अहिले दशै तिहारका लागि जिल्ला आएका मानिस झुलेनी पुग्ने क्रम बढ्दो छ । शनिबार र विदाको दिन झुलेनीमा पर्यटक अरु दिन भन्दा बढी हुने सचिव भण्डारीले बताउनुभयो ।

झुलेनीको संरक्षण र पर्वद्धनका लागि नेपाल पर्यटन बोर्ड, डिभिजन वन कार्यालय प्यूठान, प्यूठान नगरपालिका, नौवहिनी गाउँपालिका र स्थानीय समितिले काम गर्दै आएका छन । बिगत तीन वर्षदेखी झुलेनीको संरक्षणमा जुटेको सचिव भण्डारीले बताउनुभयो ।

झुलेनीमा सिँढी, रेलिङ, निर्माण, सडक निर्माण, धनन्जय ऋषिको मन्दिर निर्माण, पोखरी निर्माण, बृन्दाबासिनीको मन्दिर निर्माण, बस्नका लागि बेन्च, प्रतिक्षालय लगायतका भौतिक संरचना निर्माण गरिएको छ । यस वर्ष थप पर्यटन प्रर्वद्धनका काम हुने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *