प्यूठान, १ असोज । विहीबार १२४६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा थप भएका संक्रमित सँगै कुल ५९ हजार ५७३ जना संक्रमित पुगेका छन ।
जसमध्ये सक्रिय संक्रमित १६ हजार २४१ रहेका छन् । हालसम्म कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ ।
आइसोलेसनमा कुल १६ हजार २४१ जना रहेका छन । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । देशभर १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा रहेर उपचार गराईरहेका छन् ।
