> राष्ट्रिय > प्यूठानमा बृद्ध मृत्त अवस्थामा फेला, अनुसन्धान गर्दै प्रहरी


प्यूठानमा बृद्ध मृत्त अवस्थामा फेला, अनुसन्धान गर्दै प्रहरी

प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्याय मृत्त अवस्थामा फेला परेका छ्न । शुक्रवार विहान फुसेधारा मोटरबाटोमा मृत फेला परेको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो ।

 

वेलुकी खाना खाएर कोठामा सुत्न गएकोका उपाध्यायलाई विहान बाटो हिड्ने क्रममा स्थानीयले भेटेको पारिवारिक श्रोतले जनाएको छ । मृतकको शरीरमा चोटहरु देखिएकोले घटना शंकास्पद रहेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरी निरीक्षक केशब केसि नेतृत्वको टोलिले घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *