> समाज > प्युठानमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु


प्युठानमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

प्युठान । मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । रा ३ प ८४५७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।

 

ऐरावती गाउँपालिका २ ददेरीमा भएको दुर्घटनामा ऐरावती गाउँपालिका ५ झिवाङका हरिलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । ६० वर्षीय थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *