प्यूठान । बागेश्वरी असल शासन क्लब (बास) नेपाल जिल्ला साखा प्यूठानको चौथो जिल्ला अधिबेशन आज खलंगा प्यूठानमा सम्पन्न भएको छ ।
अधिबेशनले सर्वसहमतिमा सुजल श्रेष्ठको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसिला बुढामगर, सचीव राजेश जि.सी., सह सचिव रबिन विश्वकर्मा, कोषध्यक्ष प्रज्वल पहाडी रहनु भएको छ ।सदस्यहरुमा बिजय सिंह भारती, श्रीराम भन्डारी , बिष्णु न्यौपाने र भिमकला कुवर रहनु भएको छ ।
हाल सम्म भएका गतिविधिको समिक्षा तथा आगामी कार्यक्रम सम्बन्धि छलफल गरिएको थियो ।