प्यूठान । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि. प्यूठानले काठमाडौ फर्कने यात्रुलाई तोकिएको भाडामा २० प्रतिसत छुट दिने भएको छ ।
जिल्ला आउदा नियमित बाहेक थप सेवा बापत अतिरिक्त शुल्क लिएका यात्रुलाई रकम फिर्ता गर्ने निर्णय अनुसार यो सुबिधा सबै यात्रुलाई दिने समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । यो सुबिधा कात्तिक २२ गतेसम्म लागू हुनेछ ।
असोज १५ गतेदेखी २४ गतेसम्म समितिबाट ३ हजार ३५ जनाले सेवा लिएका छन । २ हजार यात्रुले २० प्रतिशत थप शुल्क तिरेकोमा फिर्ता गर्ने निर्णय अनुसार यो सुबिधा सबैलाई छुट दिन लागेको समितिले जनाएकोछ ।
अतिरिक्त शुल्क तिर्नु भएका यात्रु काठमाडौ फर्कन नचाहनेलाई पैसा नै फिर्ता गर्ने समितिले जनाएको छ ।
टिकट लिनका लागि काउण्टर जानू नपर्ने घरबाटै एप्स मार्फत टिकट लिन सकिने समितिका प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयो । गुगल प्ले स्टोरबाट समितिको एप्स डाउनलोड गरेर टिकट काट्न सकिन्छ ।