> राजनीति > राजमोले दुर्गा पौडेललाई बनायो उम्मेदवार


राजमोले दुर्गा पौडेललाई बनायो उम्मेदवार

प्यूठान । आगामी प्रतिनिसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले प्यूठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठकले पौडेललाई प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निणर्य गरेको हो ।

दुर्गा पौडेल ०७४ को निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धनबाट विजयी हुनुभएको थियो । बैठकले बाग्लुङको प्रतिनिधिसभाको १ नम्वर क्षेत्रबाट चित्रबहादुर केसीलाई उम्मेदवार बनाउने निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *