प्युठान । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
डिभिजन बन कार्यालय प्युठानको भवनमा आज कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले जिल्ला अदालत प्युठानका न्यायाधीश देव प्रसाद योगिलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
यहि असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचनको विभिन्न तयारी शुरु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।
