> समाज > प्यूठानमा बसको ठक्करबाट बालकको ज्यान गयो


प्यूठानमा बसको ठक्करबाट बालकको ज्यान गयो

प्यूठान । प्यूठानमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । नौबहिनी गाउँपालिका वडा नं. ४ खवाङमा बसले ठक्कर दिँदा सोही ठाउँका ८ वर्षीय सरोज पुनको ज्यान गएको हो ।

 

आज विहान साढे ८ बजे लु १ ख ७०२१ नम्वबरको बसले बाटोमा हिडिरहेका पुनलाई ठक्कर दिएको थियो । बालकलाई उपचारका लागि विजुवार ल्याएको र उपचारको क्रममा विहान विहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

 

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव प्यूठान अस्पताल विजुवारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *