प्युठान । नेपाल दशनामी समाज प्युठानको दोस्रो जिल्ला अधिबेशनले केशब गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको छ ।
जसको महिला उपाध्यक्ष रेशमा गिरी र रितु गिरी, सचिब रमेश गिरी, सह-सचिब वासुदेव गिरी र कोषाध्यक्ष गंगा गिरी निर्वाचित भएका हुन ।
बुधबार बाल बिद्या माध्यमिक बिद्यालय मजुवाको सभाहलमा भएको अधिबेशनको लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले उद्घाटन गर्नुभएको थियो ।
२०६२ सालमा स्थापन भएर पहिलो जिल्ला अधिबेशन २०७६ फागुनमा भएको थियो । १ सय ३८ जना आजिवन सदस्य कृयाशिल रहेकोमा यसलाइ बिस्तार गर्ने समाजले योजना अघि सारेको छ ।