> राष्ट्रिय > काभ्रेमा मोटरसाइकल दुर्घटनामा परि प्युठानका एक जनाको मृत्यु


काभ्रेमा मोटरसाइकल दुर्घटनामा परि प्युठानका एक जनाको मृत्यु

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका एक जनाको मृत्यु भएको छ ।

 

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदा प्युठान नगरपालिका-८ बस्ने २७ वर्षीय सुरज गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *