> राष्ट्रिय > दुधे च्याउ खेती तालिम गर्दै मल्लरानीका कृषक


दुधे च्याउ खेती तालिम गर्दै मल्लरानीका कृषक

प्युठान । मल्लरानी गाउँपालिकामा दुधे च्याउ खेती गर्न थालिएको छ । गाउँपालिकाले कृषकलाई दुधे च्याउ खेती सम्बन्धि तालिम दिएको हो ।

 

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट बीउ लिएर तालिम दिइएको कृषि बिकास शाखा प्रमुख मोती आचार्यले बताउनुभयो । १५ जना कृषकले २ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक तालिम लिएको उहाँले जानकारी दिनुभयो ।

 

कन्य च्याउ जसरी खेती गर्न सकिने दुधे च्याउको मुल्य समेत महँगो पर्ने गर्छ । यो च्याउ लामो समय टिकाउ हुने गर्दछ । जिल्लामै पहिलो पटक यो च्याउ खेती गर्न थालिएको आचार्यको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *