> आर्थिक > जन्मदिनको अवसरमा आर्थिक सहायता


जन्मदिनको अवसरमा आर्थिक सहायता

प्यूठान । मल्लरानी गाउँपालिका–३ जेविन्डाँडा निवासी विष्णु शर्माले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहायता उपलब्ध गराउनुभएको छ । घर भत्किएर जोखिममा रहेका मल्लरानी गाउँपालिका–२ मधुगैरा निवासी दिनबहादुर नेपालीलाई नगद पाँच हजार रुपैंया उपलब्ध गराउनुभएको हो ।

पछिल्लो समय फजुल खर्च गरी जन्मदिनलाई भड्कीलो बनाउने चलन आएको भन्दै उहाँले जन्मदिनलाई रचनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) मल्लरानी गाउँ कमिटीका उपाध्यक्ष रहनुभएका शर्मा अर्जुन इङलिस बोर्डिङ स्कुल भूमिकास्थान ढाकावाङ्ग अर्घाखाँचीको प्रिन्सिपल हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *