प्यूठान, १४ जेठ । प्यूठानमा क्वारेन्टाईनमा बसेकालाई आरडिटि टेष्टमा पोजेटिभ देखिएका एक पुरुषलाई बुटवल पुर्याईएको छ ।
जिल्ला अस्पताल विजुवारमा रहेको आईसोलेसनमा राखेर थप उपचार गर्नुपर्नेमा बुुटवलसम्म पुग्दा समस्या भएको परिवारका सदस्यले गुनासो गरेका छन् ।
‘झण्डै २४ घण्टा पछि कोरोना विशेष अस्पतालमा भर्ना गरेका छौं ।’ ती आफन्तले भन्नुभयो, ‘पानी पनि खान पाइएन ।’
उनी ११ गते भारतबाट आएका थिए ।
मंगलबार प्यूठान अस्पतालमा आरडिटी परिक्षण गर्दा आरडिटि परीक्षण पोजेटिभ देखिएको डा.अमृृत पन्थीले जानकारी दिनुभयो । विरामीमा रगतमा संक्रमण देखिएको र उपचारमा थप सुधार नभएकोले रेफर गरिएको समेत उहाँले बताउनुभयो ।
ती व्यक्तिलाई कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा बुधवार दिउँसो भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
