> राष्ट्रिय > नेपालमा कोरोना संक्रमित ४१ पुगे


नेपालमा कोरोना संक्रमित ४१ पुगे

प्यूठान, ९ बैशाख ।
मंगलबार थप ९ जना व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभरमा कोरोना संक्रमित व्यक्तिको संख्या ४१ पुगेको छ । उदयपुरमा मंगलबार नौ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनाको नतिजा पोजेटिभ आएको हो । मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन । यसअघि उदयपुरकै ३३ वर्षीय एक पुरुषको नतिजा पनि पोजेटिभ आएको थियो । हालसम्म चार जना संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!