> समाज > स्वास्थ्य संस्था अध्ययन अवलोकन भ्रमण, अनुभव आदानप्रदान


स्वास्थ्य संस्था अध्ययन अवलोकन भ्रमण, अनुभव आदानप्रदान

बासुदेव गिरी

प्यूठान, १० चैत । सुर्खेत र जाजरकोटका चार स्थानीय तहका जनप्रतिनीधि, स्वास्थ्यकर्मी लगाएतको समुहले जिल्लाको स्वास्थ्य संस्था अवलोकन भ्रमण गरेका छन् । किशोरकिशोरीमैत्री वातावरण रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको हो । आज स्वास्थ्य कार्यालय, झिमरुक गाउँपालिका वडा नं ६ स्थित तोरवाङ स्वास्थचौकी लगाएतको अनुगमन गरेका हुन् ।

स्थानीय जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ, किशोरकिशोरीहरुको वर्तमान अवस्था र किशोरकिशोरीहरुमा भएका परिवर्तन, उनीहरुलाई वातावरणमैत्री कसरी बनाउन सकिन्छ, स्वास्थ्य संस्थाको आर्थिक, भौतिक पक्ष लगाएतका विषयमा अवलोकन गरिएको झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकाश के.सी.ले बताउनुभयो ।

अनुगमनमा सुर्खेत जिल्लाबाट गुर्नाकोट र भेरीगंगा नगरपालिकाबाट स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, पालिका शाखा प्रमुख रहेका छन् । त्यस्तै जाजरकोट जिल्लाबाट भेरी र छेडागाड नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, पालिका शाखा प्रमुखको उपस्थिती रहेको छ।

 

अवलोकन भ्रमणबाट अन्र्तजिल्लाका राम्रा नराम्रा कामको समिक्षा गरी अन्य जिल्लामा पनि राम्रो कामको सिको गरी संस्थालाई दिगो बनाउन सकिने अनुगमनका सहभागीले बताएका छन् । १५ देखी २४ वर्ष उमेर समुहका विवाहित तथा अभिवाहित समुह गठन गरी ती समुहमा किशोरकिशोरीमैत्री वातावरण सिर्जना गर्न र प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन सकिने नेपाली यूवाका लागी स्वास्थ्य परियोजना सुर्खेतका परियोजना संयोजक सुवास गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *