दीपेन्द्र सुनार
झिमरुक। प्युठानको झिमरुक गाउँपालिकाको मच्छिमा संचालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ९२७ जना बिरामीले सेवा लिएका छ्न । शिविरमा हिजो सनिवार र आज आइतबार गरी ९२७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ निर्देशनालय बुटवल रुपन्देहीको आयोजना र झिमरुक गाउँपालिका र स्वास्थ्य कार्यालय प्युठानको व्यावस्थापकिय सहयोगमा संचालन गरेको शिविर दुई दिन मच्छीको गौमुखी क्याम्पसमा संचालन गरिएको थियो।
शिबिरमा झिमरुक गाउँपालिका , गौमुखी गाउँपालिका सहित छिमेकी जिल्ला गुल्मीको मदाने गाउँपालिकाका बिरामीहरुले समेत सेवा लिएको झिमरुक गाउँपालिकाका स्वास्थ साखा प्रमुख बिकास के. सी. ले जानकारी दिनुभयो । विशेषज्ञ सेवा लिन बाट बन्चित बिरामीले सेवा पाएको बताउनुभयो ।
‘गाउँ -गाउँमा आफ्नो दीर्घ रोगलाई विविध कारणले गर्दा लुकाएर बसेकाहरुका लागि यो शिविर संचालन गरेका हौ। आगामी दिनहरुमा पनि यस्ता शिविर संचालन गर्नेछौ’,उहाँले भन्नुभयो ।
शिविरमा , नाक , कान, घाँटी सम्बन्धी सेवा, स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, छाला रोग सम्बन्धी विशेषज्ञ सेवा, जनरल रोग ( फिजिसियन ) सेवा सम्बन्धी विशेषज्ञ सेवा साथै अन्य विविध रोग सम्बन्धी विशेषज्ञ सेवा दिएको थियो । नि:शुल्क स्वास्थ शिविर पाएपछी बिरामीहरु पनि खुशी देखिन्थे ।
