प्युठान । बाल विवाहको आरोपमा एक युवक पक्राउ परेका छन । सरुमारानी गाउँपालिका- ६, किमिचौर निवासी २५ वर्षीय दिपक बि.क.लाई बाल बिबाह गरेको आरोपमा प्युठान प्रहरीले पक्राउ गरेको हो ।
बिकले १५ वर्षीया बालिकालाई ललाई फकाई भगाई आफ्नो घरमा लगि बाल विवाह गरेको आरोप छ । बिकलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि घटनाको अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
