> राष्ट्रिय > प्युठान खलंगामा गुडिरहेको पिकअपमा आगो लाग्यो


प्युठान खलंगामा गुडिरहेको पिकअपमा आगो लाग्यो

प्युठान । प्युठान सदरमुकाम खलंगामा गुडिरहेको पिकअपमा आगो लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र तल पिकअप जीपमा आगो लाग्दा जीप पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

अर्घाखाँचीबाट प्युठान आउदै गरेको प्रदेश ३-०१०२३ च ५७६८ नम्बर जीपमा आगो लागेको हो । अर्घाखाँची अस्पतालको सामन पुराएर फर्किएको थियो । गाडीमा प्युठान हस्पिटलको समेत सामान रहेको बताईएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *