> राष्ट्रिय > घर बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटियो


घर बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटियो

प्युठान । माण्डवी गाउँपालिका वडा नं ४ फरिन्डेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ । ३ जना महिलाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।


आज टेकि राहु मगर, थमी राहु मगर र मौषमी थापा मगरको शव भेटिएको हो । हिजो भएको घटनामा बेपत्ता भएका ३ जना अझै हराईरहेका छन । बोम बहादुर राहु मगर, हिरा बहादुर राहु मगर र सुशान्त थापा मगरको खोजी कार्य भैरहेको छ ।


आज बिहान देखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य गरिरहेको छ । आज प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, गाउँपालिका प्रमुख लगायत जनप्रतिनिधि घटनास्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *