समाज

भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार सहयोग

प्यूठान । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन प्यूठानका संस्थागत विद्यालयहरुले १२ लाख ८२ हजार रुपैंया सहयोग गरेका छन् । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्यूठान मार्फत १२ लाख ८२ हजार ७०८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
प्यूठान जिल्लामा सञ्चालित ४० वटा संस्थागत विद्यालयबाट रकम संकलन गरी सहयोग गरिएको प्याब्सन प्यूठानका सचिव शरद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित रकम प्याब्सनको केन्द्रीय कार्यालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । प्याब्सनको केन्द्रीय सर्कुलर अनुसार बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गरिएको हो ।
प्याब्सन प्यूठानका अध्यक्ष दीपेन्द्र जि.सी.ले विपत्तिको समयमा निजी विद्यालयहरूले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको बताउनुभयो । ‘महाविपत्तिको यो समयमा निजी विद्यालयहरूको तर्फबाट केही भए पनि राहत मिलोस् भनेर विद्यालयहरूले १२ लाख ८२ हजार ७०८ रुपैयाँ सहयोग गरेका हुन् ।’ ,अध्यक्ष जि.सी.ले भन्नुभयो ।
प्याब्सन प्यूठानले यसअघि पनि विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिमा सहयोग गर्दै आएको जनाएको छ । भूकम्प, कोभिड–१९ तथा बाढीपहिरो लगायतका विपत्तिमा समेत प्याब्सन प्यूठानले सहयोग संकलन गरी पीडितलाई राहत पु¥याउने कार्यमा योगदान गर्दै आएको सचिव गौतमले जानकारी दिनुभयो ।
प्याब्सन प्यूठानले यस विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभ, सुरक्षित जीवन र पुनःस्थापनाको कामना गरेको छ ।
सहयोग गर्ने संस्थागत विद्यालय र सहयोग रकम

 

Related Articles

Back to top button