> राजनीति > ‘बाध्य भएर विशेष गाउँसभा गरियो’


‘बाध्य भएर विशेष गाउँसभा गरियो’

प्यूठान, २७ भाद्र । शुक्रबार सम्पन्न भएको गाउँसभा बाध्यतावस गर्नुपरेको ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरुबीचमा देखिएको असहमती र असमझदारी प्रस्तावहरुलाई निणयार्थ अगाडी बढाउनुपर्ने परिस्थिती अनुरुप विशेष गाउँसभा गर्नुपरेको उहाँले स्पष्ट पार्नुभएको छ ।

अनिर्णयको बन्दी बनाउने षड्यन्त्र भइरहेको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँसभा गरिएको उहाँको भनाई छ । आज शनिबार विज्ञप्ती जारी गरि उहाँले उपाध्यक्ष सहितका व्यक्तिले राजनीतिक पूर्वाग्रह राखेकै कारण बाध्य भएर विशेष गाउँसभा गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

विशेष गाउँसभाले गरेका निर्णयले ऐरावतीवासीको विकासमा सहयोग पुग्ने विज्ञप्तीमा उल्लेख छ । गाउँसभाले गरेका निर्णय जनतामाझ सार्वजनिक गर्ने समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *