> राष्ट्रिय > सिन्धुपाल्चोकमा मौसमी रुघाखोकी : स्वास्थ मन्त्रालय


सिन्धुपाल्चोकमा मौसमी रुघाखोकी : स्वास्थ मन्त्रालय

प्युठान समाचार सम्बादाता
प्युठान, २९ माघ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तिमा देखिएको स्वास्थ समस्या मौसमी रुघाखोकी भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बिरामीमा देखिएको लक्षणबाट एन्फ्लुएन्जा हुनसक्ने देखिएको स्पष्ट पार्नुभयो । नेपालमा अहिले कोरोना भाइरस रोगको संक्रमण शुन्य रहेको अवस्थामा एकैपटक सयौंको संख्यामा कोरोना भाइरसको बिरामी देखिने सम्भावना नरहेको उहाले स्पष्ट पार्नुभयो ।
यसैबीच सिन्धुपाल्चोकबाट विजयी नेकपाका प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले जुगल गाउँपालिकामा कोरोना भाइरस नभएको बताउनुभएको छ । विभिन्न संचार माध्यममा आएका समाचारले भ्रम फैलाएको उहाँको भनाई छ ।
मौसम परिवर्तनको कारण स्वास्थ्यमा प्रभाव परेको हुनसक्ने उहाले बताउनुभयो । उहाले कोरोना भाइरसबारे जनतामा सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!