प्युठान । सरूमारानी गाउँपालिका-२ ददेरीमा माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । भालुवाङ-प्युठान सडक खण्ड अन्तर्गत ददेरीमा लु ३९ प ८४१५ नम्बरकाे माेटरसाइकलले ठक्कर दिदा स्थानीय ७५ वर्षीय सत्यमाेहन अमात्यकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते हुनु भएका अमात्यलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।
ठक्कर दिने माेटरसाइकल चालक र माेटरसाइकललाई भने प्रहरी चाैकी दर्भानले आफ्नाे नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
