> समाज > प्युठानमा ६ वर्षदेखी फूल खेती (फोटो फिचर)


प्युठानमा ६ वर्षदेखी फूल खेती (फोटो फिचर)

प्युठान । तिहारका लागि आवश्यक पर्ने सयपत्री र मखमली फूल जिल्लामै उत्पादन हुन थालेको छ । पुष्प खेती गरेर विगत छ वर्षदेखि तिहारको लागि आवश्यक पर्ने फूल जिल्लामै पाइन थालेको हो । प्युठान नगरपालिका-४ जुम्रीमा स्थानीय राधा अधिकारी र रेखा विष्टले फूल खेती गरेर वर्षेनी तिहारको लागि फूल उत्पादन गर्दै आउनुभएको छ ।

पुष्प व्यवसायको सम्भावना देखेपछि खेति शुरु गरेको भन्दै राधा अधिकारीले अहिलेसम्म व्यवसाय राम्रो भएको बताउनुभयो । “खेती सुरु गरेको छ वर्ष भयो,” अधिकारीले भन्नुभयो, “विस्तारै माग पनि वढ्दै आएको छ ।” यो वर्ष ५ रोपनी जग्गा भाडामा लिएर फूल खेति गरिएको छ ।

अधिकारीले बेर्ना र फूल दुवै उत्पादन गर्दै आएको बताउनुभयो । “फूल राम्रो भएको छ, गतवर्षभन्दा राम्रो छ ।” अधिकारीले भन्नुभयो ।
फूलखेतीसँगै तरकारीको नर्सरी उत्पादन गरेर वार्षिक १२ लाखसम्मको कारोबार गर्ने अधिकारीले बताउनुभयो । अहिले ९ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *