प्यूठान, ३० असोज । प्यूठानमा भिरबाट खसेर एक जनाको ज्यान गएकोछ । प्यूठान नगरपालिका वडा नं ९ ददेरीका ३६ वर्षिय विष्णुबहादुर खत्रीको सोही ठाउँको खानीखोला भिरबाट लडेर मृत्यु भएको हो ।
अन्दाजी एक सय ५० मिटर तल खस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो ।
खत्री विहिवार भाईको घरमा मृत्यु संस्कारमा सहभागी भई राती घरमा फर्र्किएपछि सम्पर्क विहिन हुनुभएको थियो । विहान खोजतलास गर्दा मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जनाएको छ ।