महेश थापा‘आभास’
प्यूठान । नौबहिनी गाउँपालिकाको फोप्लीमा जीप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । भे १ च १३४१ नम्वरको पीक अप जीप दुर्घटना हुँदा चालक र अर्का एक जना घाईते भएको इलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ ।
दुर्घटनामा चालक तुल्सीपुर-७ निवासी कृष्ण स्वणर्कार र भारत रक्सौलका आसिस आलम घाईते भएको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख भानुभक्त अर्यालले जानकारी दिनुभयो ।
घाईते दुवैलाई उपचारका लागि प्यूठान अस्पताल विजुवार लगिएको छ । जीप सडकबाट करीव २ सय मिटर तल खसेको छ ।
