प्युठान । प्युठानको बिजुवारमा ‘गोल्ड स्टार सुज’ पसल सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले पसलको उद्घाटन गर्नुभयो ।
नेपाली जुत्ताको चर्चित ब्राण्ड गोल्ड स्टार जुत्ताको व्यवसाय विस्तार गर्ने क्रममा नयाँ पसल सञ्चालनमा आएको हो ।
बिजुवार भौका रोडमा गोल्ड स्टार ब्राण्डको आधिकारिक बिक्रेताका रुपमा सो पसल सञ्चालनमा आएको हो ।
पसल सञ्चालक भरत कुमार श्रेष्ठले दशै तिहार अफर अन्तर्गत छुट दिइने बताउनुभयो । महिला, पुरुष दुबैलाई आवश्यक विभिन्न मोडेका जुत्ता चप्पल बिक्रिका लागि राखिएका छन् ।
