> समाज > पराल बोकेको ट्याक्टरमा करेन्ट लाग्दा एक जना घाईते


पराल बोकेको ट्याक्टरमा करेन्ट लाग्दा एक जना घाईते

प्युठान । पराल बोकेको ट्याक्टरमा बिजुलीको तारले छुदा एक जना घाइते भएका छन । करेन्ट लागेर प्यूठान नगरपालिका- ७ निवासी १७ वर्षीय दिपक सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

 

रा १ त २४०५ नम्बरको ट्याक्टरमा पराल लोड गरी आफ्नो घर तर्फ लैजाने क्रममा सुनारलाई बिजुलिको नाङ्गो तारले छुदा करेन्ट लागेको र परालमा आगो लागेको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा र ईलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा प्रहरी टोलि खटिई गई उक्त आगो प्रहरी र स्थानियको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

 

 

आगोलागिबाट ट्याक्टर क्षति नभएको प्रहरीले जनाएको छ । छातिमा पोलेको सुनारको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *