प्युठान । समाजमा मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले “मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम” संचालन गरेको छ ।
ग्रासरूट तहमा बालबालिका र युवा लगायत बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो ।
महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था, महेन्द्र माबि र जनजागृति माबिमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको हो । एम्नेस्टी इन्टरनेसनल नेपालले असोज महिनालाई “मानवअधिकार शिक्षा महिना” को रूपमा लिँदै विद्यालय तथा समुदायमा मानवअधिकार शिक्षा सत्रहरू संचालन गरिएको संयोजक कल्पना खड्काले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपालका पुर्व उपाध्यक्ष पार्वता आचार्यले गर्नुभएको थियो । कार्यक्रम संचालन गर्न मल्लरानी गाउँपालिकाले सहयोग गरेको थियो ।
मनसुनी वर्षा पनि कम हुँदै जाने, गर्मी तुलनात्मक रूपमा घट्ने र मौसम पनि अनुकूल हुँदै जाने हुनाले असोज महिना र त्यस उप्रान्त पनि एम्नेस्टी नेपालका समूह, युथ नेटवर्क वा सदस्यज्यूहरूले मानवअधिकार शिक्षाका अतिरिक्त सत्रहरू संचालन गर्नुहुने छ भन्ने अपेक्षा गरेका छौँ।
