राष्ट्रियराजनीति

गलत कार्य रोक्न विप्लव माओवादीलाई राजमोको चेतावनी

प्यूठान । मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना सहितका व्यक्तिलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपमानजनक र अमानविय कार्य गरेको भन्दै राष्ट्रिय जनमोर्चाले घटनाको भत्र्सना गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य, अखिल नेपाल जनजाती महासंघका केन्द्रीय महासचिव समेत रहनुभएका राना सहित, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायतलाई चन्दा नदिएको पूर्वाग्रह साँधेर हातपात गर्दै कालोमोसो दलेको भन्दै आफ्ना गलत कार्य रोक्न चेतावनी समेत दिएको छ ।

Related Articles

Back to top button