> आर्थिक/बिकास > आमाको जन्मदिनमा वडाध्यक्षले गरे अक्षयकोष स्थापना


आमाको जन्मदिनमा वडाध्यक्षले गरे अक्षयकोष स्थापना

प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
आम बेला कुमारी पौडेलको जन्मदिनको अवसरमा आफ्ले पाउने एक महिनाको तलब बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । सरस्वती आधारभुत विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोषलाई क्रमशः बृद्धि गर्दै लैजाने योजना उहाँले सुनाउनुभयो ।
पहिलो महिनाको पारिश्रमिक वापतको रकम उहाँले यसअघि नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा अक्षयकोष स्थापना गर्नुभएको थियो ।
उक्त कोषको नाम बुवाआमाको संयुक्त नामबाट केशवराज बेला कुमारी अध्यक्ष कोष नामाकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *