> राष्ट्रिय > झिमरुकमा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविर हुँदै


झिमरुकमा विशेषज्ञ सेवा सहितको नि:शुल्क स्वास्थ्य शिविर हुँदै

दिपेन्द्र सुनार
झिमरुक । प्युठानको झिमरुक गाउँपालिकामा दुई दिने नि:शुल्क स्वास्थ्री शिविर आयोजना हुने भएको छ।

 

स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना र झिमरुक गाउँपालिकाको व्यावस्थापकीय सहयोगमा भोलि शनिवार र पर्सि आइतबार गौमुखी क्याम्पस मच्छी प्युठानको प्राङ्गणमा स्वास्थ शिविर आयोजना गरिएको झिमरुक गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकास के.सी.ले बताउनुभयो ।

के.सी.का अनुसार शिविरमा नाक , कान , घाँटी विशेषज्ञ सेवा, स्त्री रोग सम्बन्धी सेवा, छाला रोग सम्बन्धी सेवा, जनरल रोग ( फिजिसियन ) सेवा सम्बन्धी विशेषज्ञ सेवा का साथै अन्य विविध रोगहरुको पनि नि:शुल्क उपचार हुनेछ ।


उक्त शिविरमा झिमरुक गाउँपालिकाले मात्र नभएर अरु पालिका र अन्य जिल्लाका बिरामीहरुले समेत उपस्थित भएर सेवा लिन सक्ने भन्दै लाभ लिन गाउँपालिकाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *