प्यूठान । निरङ्कुश पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलनमा विद्यार्थी मोर्चामा योगदानका क्रममा सहादत प्राप्त गर्नुभएका मित्रमणि आचार्यलाई सहिद घोषणा गर्नुपर्ने सहिद स्मृति पार्क गाजुरीले माग गरेको छ ।
आचार्यलाई सहिदको सूचीमा समावेश गर्न प्रधानमन्त्री, नेपालका राजनीतिक दलका प्रमुख र प्यूठानबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संघीय सांसदलाई पत्रहरू मार्फत अनुरोध गरि पठाएको सहिद स्मृति पार्क निर्माण ब्यबस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।
रामपुर क्याम्पस चितवनमा अध्ययनरत आचार्यको २०४२ साल वैशाख १८ गते हत्या भएको थियो । उहाँ रामपुर क्याम्पसको स्ववियु सभापति हुनुभयो ।
सहिद स्मृति पार्क बिजुवारमा गत वर्ष मित्रमणि आचार्य सहित टंकप्रसाद आचार्य, कृष्णसेन इच्छुक र उमेशन्द्र थापा चार जना सहिदहरुको स्मारक निर्माण गरिएको छ ।
सहिद मित्रमणि आचार्यको जन्म २०१९ असार ३ गते माण्डवी गाउँपालिका-५ तिग्रामा भएको थियो ।
