प्यूठान, ४ जेठ । प्यूठानमा अक्सिजन प्लान्ट स्थापनाको पहल शुरु भएको छ ।
कोरोना संक्रमणका कारण देशभर अक्सिजनको अभाव र अक्सिजन अभावमा नागरिकको ज्यान जानथालेसँगै विभिन्न जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको लहर चलेको छ ।
प्यूठानमा मंगलबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
जिल्लामा पनि अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने नागरिक समाज, सर्वसाधारण र सरोकारवालाले आवाज उठाएका छन् ।
