प्युठान । नेकपा (बिप्लप) पार्टी निकट युवा संगठन नेपाल प्युठानको नेतृत्वमा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएकाे छ । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट युवासंगठनको नेतृत्वले सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सरकारी काममा बाहेक अन्य प्रयोजनमा सरकारी मोटरसाइकल प्रयोग भएको भेटिएपछि नियन्त्रणमा लिएको संगठनका केन्द्रिय सदस्य बिरबल केसीले जानकारी दिनुभयाे । लामो समयदेखि कवर्डहलमा ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारीले सरकारी मोटरसाइकल ब्यक्तिगत प्रयोग गरेको पाईएको भन्दै दुरुपयोग रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको युवा संगठनका केन्द्रीय सदस्य केसीले बताउनुभयाे ।
नियन्त्रणमा लिएको लु १ ब २५६७, लु १ ब २५६८ र लु १ ब २्०४९ नम्बरका सरकारी मोटरसाइकल इलाका प्रहरी कार्यालय बिजुवार प्युठानमा बुझाइएको उहाँले बताउनुभयाे । सरकारी समय बाहेक अन्य समय र काममा सरकारी गाडी प्रयोग भएको पाइएमा त्यस्ता सरकारी गाडीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने उहाँकाे भनाइ छ । पछिल्लो समय सरकारी गाडी दुरुपयोग भएको गुनासो हुँदै आएपनि सम्बन्धित निकाएले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
नियन्त्रणमा लिएका मोटरसाइकल ईलाका बन कार्यलय बिजुवारको १ वटा र जिल्ला अस्पताल प्युठानको दुई वटा मोटर साईकल इलाका प्रहरी कार्यालय बिजुवारमा प्राप्त भैसकेको ट्राफिक प्रहरी प्रकाश के. एम. ले जानकारी दिनुभयाे । सरकारी कामकाज बाहेक अन्य ब्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्न पाइने कानुनी ब्यवस्था छैन । सरकारी कामकाजको लागि जिल्ला बाहिर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र अनेत्र सरकारी गाडी प्रयोग गर्न पाउने प्रावधान रहेको छ । तर त्यो प्रावधानलाई लत्याएर बिना अनुमति निर्वाध सरकारी सवारीसाधन गुडिरहेको गुनासो पाइएको छ ।
