> राष्ट्रिय > रेडियो कृपालु छैठौँ वर्षमा प्रवेश


रेडियो कृपालु छैठौँ वर्षमा प्रवेश

प्यूठान, १५ जेठ । प्यूठान जिल्लामा सञ्चालित सामुदायिक रेडियो कृपालु ९९ मेगाहर्जले पाचौँ वर्ष पूरा गरि छैठौँ वर्षमा प्रवेश गरेको छ ।

युथ मिडिया डेभलप्मेन्ट सेन्टर द्वारा सञ्चालित सामुदायिक रेडियो कृपालु आज जेठ १५ गते देखि पाचौँ वर्ष पार गरि छैठौँ वर्षमा प्रवेश गरेको हो ।

स्थापनाको छोटो समयमै श्रोताहरुको अपार मायाले आफुहरु थप उत्साहित भएको रेडियोका स्टेशन म्यानेजर विजयसिंह भारतीले बताउनुभयो । स्थापना दिवसको अवसरमा उहाँले सवै श्रोता, संचालक, साझेदार संस्था, विज्ञापनदाता, सुवेच्छुक एवं सुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

कोरोना भाईरस संक्रमणको यस विषम परिस्थितिमा रेडियोको महत्व र भूमिका थप आवश्यक रहेकोले सोहि अनुसार भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो कृपालु ९९ मेगाहज दैनिक बिहान ५ बजे देखि राती ११ बजेसम्म प्रशारण हुँदै आएको छ ।

कृषि, पर्यटन र ऊर्जामा हाम्रो लगनशिलतालाई छोटकरीमा कृपालु नामाकरण गरिएको हो । समृद्ध मुलुक निर्माणका लागि कृषि, पर्यटन र ऊर्जाको विकासमा संचारमाध्यमको तर्फबाट भुमिका निर्वाह गर्ने उद्देश्यका साथ रेडियो संचालनमा आएको संचालक समितिले जनाएको छ ।
सामुदायिक रेडियो कृपालुले २०७२ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आफ्नो प्रसारण सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *