प्यूठान समाचार सम्वाददाता
प्यूठान, १९ फागुन ।
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानले आफ्नो ४१ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । जिल्लाकै पहिलो गैर सरकारी संस्था मल्लरानीले दिवसको अवसरमा रक्तदान, खेलकुद र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले सोमबार रक्त सञ्चार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीको उपस्थितीमा संस्थाका पदाधिकारी, कर्मचारी सहितको टोलीले आवश्यक रक्तदान गरेका हुन् ।
त्यसैगरि संस्थाले सदरमुकाम खलंगाको पर्यटन विकास र प्रस्ताविम मल्लरानी महोत्सवको विषयमा सरोकारवालासँग अन्र्तक्रिया आयोजना गरेको छ । त्यसैगरी सदरमुकाम खलंगामै विद्यार्थीहरुबीच विविध खेलकुद कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मल्लरानीको संक्षिप्त परिचय
आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समुदायलाई कृयाशील बनाउन बिभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने मूख्य उद्देश्यले २०३६ सालमा स्थापना गरिएको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र वासुदेव नकर्मीको अध्यक्षतामा नारायण प्रसाद नकर्मी, प्रेमलाल श्रेष्ठ, हरिप्रसाद शाही, मोहनराज श्रेष्ठ, स्वर्गिय मंगलचन्द्र लवट, स्वर्गिय माणिकलाल श्रेष्ठ लगायतका स्थानीय युवा समाजसेवीको अग्रसरतामा मल्लरानी क्लवको नामबाट स्थापना भएको हो । जिल्लाकै अग्रणी संस्थालाई पहिलो गैर सरकारी संस्थाको रुपमा वैधानिक मान्यता प्रदान गर्न वि.संं २०३९ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । त्यसका लागि तत्कालिन तदर्थ समितिका संयोजक स्वर्गिय जयगोपाल श्रेष्ठ तथा सदस्यहरु अष्ट कुमार श्रेष्ठ शेखरचन्द्र प्रधान, केशव कुमार श्रेष्ठ र हरिहर प्रसाद लवटको भूमिका महत्वपूर्ण रहेको थियो ।
संस्थाले विधिवत दर्ता भएको दिन फागुन १९ लाई आधार मानी प्रत्येक बर्ष बार्षिक उत्सव मनाउँदै आएको छ । यस संस्थालाई क्रमिक रुपमा अघि बढाउन बल बहादुर शाही, निम नारायण नकर्मी, कृष्ण प्रसाद श्रेष्ठ, हरि प्रसाद शाही, बालकृष्ण श्रेष्ठ, तुल्सीराम रिजाल, विजय कुमार श्रेष्ठ, पवन प्रसाद श्रेष्ठ, उमेश नकर्मी र बसन्तलाल शाक्यले अध्यक्षका रुपमा नेतृत्व प्रदान गरिसक्नुभएको छ । हाल संस्थाको १७ औं अधिवेशन पश्चात अध्यक्षको जिम्मेवारी निर्मल प्रसाद श्रेष्ठले निर्वाह गर्दै आइरहनुभएको छ ।
प्रमूख उद्देश्यहरु
ड्ड सामाजिक परिचालनको माध्यमबाट सामुदायिक सशक्तिकरणका लागी विविध कार्यक्रहरु संचालन गर्दै दिगो विकासको लागी आधार तयार गर्ने ।
ड्ड महिला, वृद्ध, असक्त, वालवालिका, दलीत, जनजाति, अल्पसंख्यक र पछाडि पारिएका समुदाय लगायत समाजका उपेक्षित, उत्पीडित जाती, जनजाती वर्ग एवं निम्न आय भएका ब्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा टेवा पु¥याउन तथा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा पहूँच पु¥याउन विविध प्रबद्र्धनात्मक कार्यक्रम संचालन गर्ने ।
ड्ड भौतिक पूर्वाधारको क्षेत्रमा ग्रामीण समुदायको पहुँच बढाउन सम्बन्धित निकायको स्वीकृतीमा कार्यक्रम संचालन गर्ने ।
ड्ड शीप बिकास तथा रोजगारमुलक कार्यक्रमका साथै बिभिन्न आयककमुलक कार्यक्रम संचालन गर्ने ।
ड्ड युवा वर्गको शारिरीक, मानसिक तथा बौद्धिक बिकास, पारस्परिक मेलमिलाप एवं सद्भाव सृजना गर्न आवश्यक कार्यक्रम संचालन गर्ने ।
ड्ड जैविक विविधताको पहिचान, संरक्षण र सम्वद्र्घनका लागि कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड स्वास्थ्य, पोषण, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड बन तथा वातावरणीय सुरक्षा र जलवायु परीवर्तन अनुकुलन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड जलीय जीव संरक्षण तथा त्यसको दीगो उपयोगका लागि समुदाय तथा सरोकारवालाहरुलाई कृयाशील बनाउन कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड शिक्षा, साहित्य, कला तथा सांस्कृतिक क्षेत्रको उत्थानका लागि कार्यक्रम गर्ने ।
ड्ड मानवीय वा प्राकृतिक कारणवाट उत्पीडितहरुको उद्धार एवं पुनस्र्थापना सम्वन्धी कार्य गर्ने तथा बिपद जोखिम न्यूनीकरणका लागि बिभिन्न निकायहरुसंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड मानव अधिकार, मौलिक अधिकार, सामाजिक न्याय, सुशासन र शान्तीका लागि सचेतना अभिवृद्धि गराउने खालका कार्यक्रम सञ्चालन गर्ने ।
संस्थाको कार्यक्षेत्र ः नेपाल राष्ट्र भर ।
लाभान्वीत जनसंख्या
यस संस्थाबाट सञ्चालित कार्यक्रमहरुबाट लाभान्वीत हुने जनसंख्या ः
-झोलुंगे पुल क्षेत्रगत कार्यक्रम तर्फ जम्मा लाभान्वीत संख्या – ८२,६००
-एकीकृत पोषण कार्यक्रम (सुआहारा) बाट लाभान्वीत – समग्र जिल्ला भरी ।
-खानेपानी तथा सरसफाई कार्यक्रम तर्फ (प्यूठान जिल्लामा) जम्मा लाभान्वीत संख्या – १०७७५ ।
-खानेपानी तथा सरसफाई कार्यक्रम तर्फ (रोल्पा जिल्लामा) जम्मा लाभान्वीत संख्या – २२३४ ।
-माछामा आश्रित समुदायलाई बैकल्पिक व्यवसाय (फलफुल खेति) का लागि सहयोग – ८२ परीवार ।
-लघु जल बिद्युत कार्यक्रम तर्फ लाभान्वीत – १४५६ परीवार
-गरीबी निवारण कार्यक्रमबाट आयमूलक १२८ तथा भौतिक पूर्वाधार २८ गरी जम्मा १५६ सामुदायिक संस्था मार्फत लाभान्वीत – ३५११ परीवार
-हेफर साझेदारी कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण तर्फ जम्मा – १२११ परीवार
-आकस्मिक सहयोग कार्यक्रम अन्तर्गत आयमूलक कार्यक्रम तर्फ लाभान्वीत – १२६८ परीवार
-कुखुरापालन, बाख्रापालन लगायत अन्य बिभिन्न व्यवसायका लागि अनुदान सहयोग – ४२ परीवार ।
-बिभिन्न प्राबिधिक शिपमूलक तालिम प्रदान – जम्मा ५६ जना ।
हालसम्म भएका प्रमूख उपलब्धीहरु ः
प्यूठान जिल्लाका दुर्गम क्षेत्रहरुमा प्राथमिकता साथ कूल रु. ११,९६,७८,३२०।– को लागतमा जम्मा ४८ वटा छोटो तरीकाको झोलुंगेपुलहरु निर्माण ।
नेवा, ग.नि.कोष, फण्डबोर्ड, समाज कल्याण परिषद लगायतको साझेदारीमा कूल रु. ६,५२,६७,४२२।– को लागतमा प्यूठान जिल्लामा २५ र रोल्पा जिल्लामा ४ गरी जम्मा २९ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु सम्पन्न ।
चुँजा, खलंगा र मरन्ठानामा कूल लागत रु. ३४,१२,०४३।– मा ३ बाल विकास केन्द्र तथा २ बिद्यालय गरी जम्मा ५ वटा भवन निर्माण ।
ग्रामीण उर्जा विकास कार्यक्रम अन्तर्गत प्यूठान जिल्लाका दुर्गम क्षेत्रहरुमा जम्मा रु. १,८६,७६,७५०।– को लागतमा जम्मा ९ वटा लघु जल बिद्युत आयोजनाहरु सम्पन्न ।
मल्लरानी गा.पा. वडा नं. २ चुंजा र वडा नंं ३ मुनडाँडा जोड्ने ४ कि.मि. ग्रामीण सडक निर्माण ।
सुनौलो हजार दिनका आमा, शिशु तथा नवकिशोरीहरुको स्वास्थ्य तथा पोषण अवस्था सुधारका लागि आनीबानी परीवर्तनमा सहजीकरण ।
प्यूठान जिल्लाका ४७,७६५ घरधुरीहरुको सामुदायिक घरधुरी सर्वेक्षण सम्पन्न ।
बिभिन्न स्वास्थ्य आमा समूहहरुमा ४३५ पटक पोसिलो खाद्य प्रदर्शनी, १६२७ पटक जीवनका महत्वपूर्ण अवसर मनाउने एवं बिभिन्न दिवशहरु मार्फत स्वास्थ्य तथा पोषण सम्बन्धी जनचेतना अभिबृद्धि ।
प्यूठान जिल्लाका सबै स्थानिय तहहरुमा स्वास्थ्य तथा पोषण अवस्था सुधारका लागि बजेट बिनियोजन र कार्यक्रम सञ्चालन ।
ऐरावती तथा नौबहिनी गा.पा. एवं प्यूठान न.पा.द्वारा बिनाशकारी बिधिबाट माछा मार्ने प्रबृत्तिलाई निरुत्साहित गर्न सार्वजनिक अपील ।
ऐरावती गा.पा. एवं प्यूठान न.पा. अन्तर्गत बिभिन्न समुदायका माछा मार्ने मूख्य पेशा अंगालेका माझी समूहलाई बैकल्पिक व्यवसाय तर्फ उन्मूख गर्न फलफुल खेतीका लागि सहयोग ।
स्थानिय समूहहरुसंग समन्वय गरी नौबहिनी गा.पा. अन्तर्गत वडा नं. ८ मा करीब १० हे. जमिनमा बृक्षारोपण सम्पन्न ।
संकटासन्न क्षेत्रका समुदायमा भू–क्षय रोक्न न्यून लागत प्रबिधि अन्तर्गत बायो ईञ्जीनियरीङ प्रबद्र्धन ।
साबिक १० गा.वि.स.हरुमा कृषि तथा खाद्य सुरक्षा आयोजना मार्फत साना अनुदान, बाली उत्पादन प्रदर्शनी, कृषक पाठशाला, नमूना पोषण बगैंचा, खाद्य परिकार प्रदर्शनी तथा सञ्चय केन्द्र स्थापना लगायत सहयोग ।
स्थानिय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तर्गत साविक २१ गाविस हरुमा सुशासन प्रवद्र्धन एवं स्थानिय क्षमता विकासका लागि सहजीकरण ।
प्यूठान जिल्लाका साविक ७ गा.वि.स.हरुमा सामाजिक परिचालन कार्यक्रम मार्फत वडा नागरीक मञ्च तथा नागरीक सचेतना केन्द्रहरुको क्षमता विकास ।
ग.नि.कोष, जि.कृ.वि.का.÷ब्एएक्ए र ीँए को साझेदारीमा जम्मा ४ वटा साना सिंचाई आयोजनाहरु कूल रु. ४९,५७,१६०।– को लागतमा सम्पन्न ।
स्थानिय तहमा रहेका स्वास्थ्यसंस्थाहरुको सामाजिक परीक्षण सम्पन्न गरी गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्यसेवा प्रवाहका लागि सहजीकरण ।
सरसफाई अभियान सञ्चालन तथा बिभिन्न स्थानिय तहका वडाहरुलाई पूर्ण सरसफाई उन्मूख घोषणाका लागि सहयोग ।
संस्थाले हाल सञ्चालन गरीरहेका कार्यक्रमहरु
-एकीकृत पोषण कार्यक्रम (सुआहारा दोस्रो चरण) — प्यूठान जिल्लाभर ।
-झोलुंगेपुल क्षेत्रगत कार्यक्रम — प्यूठान जिल्लाभर ।
-झिम्रुकखोला जलाधार व्यवस्थापन परियोजना (दोस्रो चरण) — झिम्रुक जलाधार क्षेत्र ।
-ग्रामीण खानेपानी तथा सरसफाई सुधार परियोजना — रोल्पा जिल्ला ।
