> खेलकुद > एसियन हाप्किडो च्याम्पियनसीप: काश्य पदक जित्ने घर्तीलाई सम्मान


एसियन हाप्किडो च्याम्पियनसीप: काश्य पदक जित्ने घर्तीलाई सम्मान

प्युठान । एसियन हाप्किडो च्याम्पियनसिपमा कास्य पदक जित्न गुमान घर्ती मगरलाई सम्मान गरिएको छ ।

नैबहिनी गाउँपालिका वडा नम्बर १ स्याउलिवाङका घर्ती मगरलाई नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्युठानले आज एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

जिल्लाका विभिन्न डोजाङ्ग का करिव २०० विद्यार्थी सहभागीतामा र्यालि सहित घर्तीलाई सम्मान गरेको मार्सल आर्टस हाप्किडो संघ प्युठानका अध्यक्ष टेकराज केसिले जानकारी दिनुभयो ।

हाप्किडो संघ प्युठानका प्रमुख प्रशिक्षक हिरा बहादुर रानाले गुमानले प्राप्त गरेको पदकले अरु खेलाडीलाई समेत खेलप्रति जागरुक बनाएको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण नेपाल मार्सल आर्टस हाप्किडो संघ प्युठानका उपसचिव यमराज पाठकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *